झुटो मण्डली

सर्वशक्तिमान परमेश्वरको मण्डली बारे छोटो जानकारी ।
स्थापना -: १९९१
स्थान -: चिन
सस्थापक -: झो व्यिशान ( पहिला लुथ्रन चर्चको सदस्य )
जन्म -: १९५१ डिसेम्बर १२
बुबा -: झो गुवाङफा रेल कर्मचारी
आमा -: लि गुयिरोङ
जन्म स्थान -: चिनको याग्ओ शहर
सर्वशक्तिमान परमेश्वरको मण्डलीको विश्वास -:    
          (१) येशुको आगमन भैसकेको छ र हाल चिनको एक महिलाको अवतार लिएको छ। ( झो व्यिशानको दोस्रो श्रिमति याङ ज्याङबिन = दर्शनहरु देख्ने भएको कारण झो व्यिशानले याङ ज्याङबिनलाई दोस्रो येशु "सर्वशक्तिमान परमेश्वर" उपनाम र दर्जा दिए। )
तर वचनले भन्छ ,  -मत्ती 24 : 30 मत्ती 24 : 27
"किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।"
मत्ती 24 : 30
"तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्‌, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।"
मत्ती 24 : 23
तब तिमीहरूलाई कसैले ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌, कि त्‍यहाँ छन्‌’ भन्‍यो भने विश्‍वास नगर।
मत्ती 24 : 24
किनकि झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्‌, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌।
मत्ती 24 : 26
यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्‍थानमा छन्‌’ भनी भन्‍छन्‌ भने बाहिर निस्‍केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरूमा छन्‌’ भने पनि विश्‍वास नगर।
            (२) बाईबलको डेट सकियो । out of dated ( फरिसीले पुरानो करार पढ्छन् तर नयाँ करारको येशुलाई विस्वास गर्दैनन् त्यस्तै अहिलेको मण्डली फरिसी जस्तै छ, नयाँ प्रकाशलाई विस्वास गर्दैन ) नयाँ प्रकाश आएको छ, त्यो हो येशु महिला अवतार म आएको छ।
तर मत्ती 24 : 35 ले भन्छ "स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।"
            (३) त्रिएक गलत सिद्धान्त हो, परमेश्वर त्रिएक होइन तर फरक फरक समय अनुसार राखिएको नाम मात्र हो।
वचनले भन्छ उत्पत्ति 1 : 26
फेरि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।”

प्रयोग गर्ने मुख्य पदहरु -: युहन्ना १२:४७-४८, युहन्ना ५:२२-२७, १ पत्रुस ४:१७, प्रकाश २:७ ; ३:२०, मत्ति २५:६
अब हामी कुन सत्य र कुन गलत छुट्याउन सकौ!
अहिले समाजिक सँजाल बाट यो समुहले साँचो इसाईहरुलाई झुकाउने जाम गरिदैछ, फेसबुकमा साथी बनाएर विस्वासलाई बहकाउने काम गर्दैछ, यस्ता व्वासा देखी मण्डली होसियार रहौ।
      थप जानकारी को लागि सम्पर्क गर्नु होला।
                           बाइबल राम्रो सँग आध्यान गर्नुहोला

Comments

Popular posts from this blog

अन्य भाषा

पेन्टिकोस्टल पथको संक्षिप्‍त इतिहास

परिचय