Posts

Showing posts from April, 2023

अन्य भाषा

Image
  ७) अन्य भाषाहरूको वरदान के हो? वास्तविक भाषाहरू कि बुझ्न नसकिने उच्चारणहरू? हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक? “क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको,  सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ” ( “क्यारिज्म्याटिक रिनुवल”, मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७  मा जे आइ प्याकरको लेखबाट)। “विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्‍नुहुन्छ: ‘पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टिकोस्टलहरू र नयाँ खाले पेन्टिकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्...